भित्ताहरुमा

0
59

भित्ताहरुमा समेटिएकाछन , मेरा बाल्यकालहरु चार कुने फ्रेमहरु भित्र , मेरै एकान्तताको कथा भनिरहेको छ ज्याकसन पोलोक को एब्सट्र्याट्क चित्र , र यही भित्ताहरुमा ठोकिएर मेरो कान सम्म पुगीरहेको छ नारायण गोपालको सुमधुर पिडाहरु ; हो त पिडाहरु पनी मिठा हुन्छन ! मेरो जिन्दगीको , बाटोहरु , मोडहरु र खण्ड-खण्ड यात्राहरु कैद छन यी भित्ताहरुमा जस्तै मेरो मनमा कैद छन जिन्दगीका , पानाहरु , शब्दहरु र दोहोरीरहेका पुर्नविरामहरु ! र कट-कट गरेर एकोहोरो आफ्नै तालमा फन्को मारीरहेको पुरानो पँखा सम्झाउछ – महिनाको पहिलो दिन – घरबेटीको अनुहार ! यस्तै यस्तै त कथा छ यो सहरमा सबैको !

  • by Binod Deuba

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here